लेनिनको मुद्दा नेपाल मै सुल्झिन्छ तर प्रचण्डलाई हेग पुर्याउछु भन्नु गलत : दिपेन्द्र कँडेल

मनिषा थापा

पिएनपिखबर : दिपेन्द्र कँडेलले प्रचण्ड पुष्प कमल दाहाललाई हेग पुर्‍याइन्छ भन्नु गलत भएको बताए । आफ्नो देशको कुरा आफ्नै देशमा सुल्झाउनु पर्ने उनको भनाई छ।

लेनिन विष्टको मुद्दा जायज भएकोले नेपाल मै समाधान गर्न सकिने उनले बताए । प्रचण्डलाई हेग लैजाने युरोपिएन युनियनको खेल भएको कँडेलको आरोप छ। युरोपिएन युनियनले नेपालमा मात्रै नभई धेरै अन्तराष्ट्रिय देशहरुमा पनि दखल पुराईरहेको जनाए।

सशस्त्र द्वन्द्वकालका क्रममा भएका गम्भीर प्रकारका घटनाहरुमा सत्य तथा वेपत्तासम्बन्धी आयोग बनाएर छानविन गरी पीडितलाई न्याय दिलाउनुपर्ने उनको भनाई छ। प्रचण्ड देखि अन्य नेताहरु कुनै पनि हालतमा हेगमा जान नहुने उनले बताए।

पछिल्लो समय संस्था नै परिवर्तन हुने चर्चापरिचर्चा भईरहेको छ। यसबारे टिप्पणी गर्दै उनले भने, ‘हामीले सँस्था हैन चित्त नबुझे व्यवस्था परिवर्तनतर्फ नागरिकले जोडदिनुपर्छ। सँस्था नै ढाल्न प्रयास भयो भने फेरी धेरै जनता मर्ने छन्।’              ‘

बाँकी हेर्नुहोस भिडियोमा…..

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू