लोकतन्त्र सङ्कटमा पर्ने गरी दम्भको राजनीति गर्न हुँदैन : डा. कोइराला

admin

गाईघाट, ८ फागुन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारले लोकतन्त्र सङ्कटमा पर्ने गरी दम्भको राजनीति गर्न नहुने बताएका छन् । 

नेपाली कांग्रेस जिल्ला कार्यसमिति उदयपुरद्वारा बुधबार आयोजित तीनदिने जिल्ला पार्टी सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले पार्टी गुठउपगुठको कारण कमजोर बन्न नहुनेमा जोड दिएका थिए ।

उनले भने,“ सरकारले दम्भको राजनीति गर्न हुँदैन । यसले लोकतन्त्र सङ्कटमा पर्न सक्छ ।” सम्बोधनमा क्रममा  उनले लोकतन्त्र सुदृढीकरणमा नेपाली कांग्रेसको भूमिका अहं रहने र लोकतन्त्र रहेमात्र विकास हुने बताए । उनले सोही कार्यक्रममा नेपाली कांग्रेसको आगामी चौधौँ महाधिवेशनले केन्द्रीय नेतृत्व परिवर्तन गर्ने बताएका छन्।

प्रतिक्रिया