विदेशमा ज्यान गुमाएका दुई खोटाङेको श’व ल्याउन समस्या

admin

खोटाङ, १ वैशाख : ‘लकडाउन’का कारण अन्तरराष्ट्रिय उडान नहुँदा विदेशमा ज्यान गुमाएका दुई खोटाङेको श’व स्वदेश फर्काउन समस्या भएको छ ।

भ्रमणका लागि युएई पुगेका समयमा ज्यान गुमाएका ऐँसेलुखर्क गाउँपालिका-६ ज्यामिरेका सुदीप तामाङ र रोजगारीका सिलसिलामा मलेसियामा ज्यान गुमाएका साकेला गाउँपालिका-३ खिदिमाका कुलबहादुर खत्रीको श’व स्वदेश फर्काउन समस्या परेको छ ।

भ्रमण प्रवेशाज्ञामा दुबई पुगेका २२ वर्षीय तामाङको गत फागुन ३० र रोजगारीका सिलसिलामा तीन वर्षअघि मलेसिया पुगेका खत्रीको गत चैत २५ गते मृ’त्यु भएको पारिवारिक स्रोतले जनाएको छ । तामाङको श’व हाल दुबईस्थित रसिदिया अस्पतालमा राखिएको जनाइएको छ ।

हृ’दयाघातका कारण ज्यान गुमाएका तामाङको नेपालमा समेत ‘लकडाउन’ शुरु भएपछि मात्र मृ’त्यु भएको जानकारी प्राप्त भएकाले स्वदेश फर्काउन नसकिएको खोटाङ सेवा समाज युएईका अध्यक्ष हिमाल गुरुङले बताए ।

यस्तै कोरोना भाइरसको महामारी विश्वभर फैलिएपछि अन्तरराष्ट्रिय उडान नहुँदा खत्रीको श’व मलेसियाकै कुवाला पिला अस्पतालमा राखिएको जनाइएको छ ।

जताततै लकडाउन भएकाले श’व नेपाल पठाउन समस्या भएको मलेसियामै रहेका उनका भतिजा तिलाबहादुरले जानकारी दिए ।

कमाएर खुवाउने घरमूलीको रोजगारीका सिलसिलामा विदेशै ज्यान गएपछि आश्रित परिवारको बिचल्ली भएको साकेला गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए ।

मृ’तकका परिवारलाई श’व ल्याउन तथा परिवार व्यवस्थापनका लागि गाउँपालिकाका तर्फबाट आवश्यक सहयोग गरिने आश्वासन उनले दिए ।

प्रतिक्रिया