‘अर्कैसँग विहे गरेर श्रीमान बेपत्ता भएपछि छोराको मुख सम्झेर घाँटीमा लगाएको पासो पनि फुकाए’

मनिषा थापा

पिएनपिखबर : सुमित्रा सुनार वैदेशिक रोजगारका लागि मलेसिया गएका आफ्नो श्रीमानको पर्खाइमा बसेकी छिन। श्रीमान् विदेशी भुमिबाटै बेपत्ता भएपछी घर परिवारमा बस्न उनलाई निकै गाह्रो हुँदै गयो। उनी घरमा अत्याचार सहन नसकेर छोरा लिएर लमजुङ्गबाट काठमाडौँमा कोठा लिएर बस्दै आएकी छिन्। उनलाई एक्लै गूजारा चलाउन निकै कठिन भईरहेको छ।

उनको घरमा कलह धेरै हुने गरेकाले उनी कलिलो उमेर मै विवाह गर्न बाध्य भएकी थिईन। १६ वर्षको उमेरमा सुमित्राको मागी विवाह भएको थियो। उनका श्रीमान विवाहपछि कहिले काठमाडौँ कहिले घर बस्ने गर्दथे तर घर आउँदा राम्रै व्यवहार गर्ने गरेको सुमित्राले बताइन। विवाह गरेको एक वर्ष पछि छोरा जन्मियो। त्यसपछि उनका श्रीमान रोजगारीको सिलसिलामा विदेश गए।
मलेशिया गएको एक वर्षसम्म फोनमा राम्रै कुराकानी हुन्थ्यो तर पछि उनीहरु बीच फोनमै झगडा पर्न थाल्यो। विदेश गएको ८ वर्षपछि अर्कै विवाह गरेर बसेको उनले सुनिन्। उनी भन्छिन, ‘मलाई के कुरामा चित्त बुझेन केहि नभनी बेपत्ता हुनुभयो। मैले धेरै ठाउँमा गए खोज्न तर भेटिन। अझै पनि म उनको पर्खाईमा छु।’

श्रीमानले नै माया मारेपछी सासू ससुरा को नै भए र। कति पटक त झुन्डिएर आत्महत्या गर्ने कोसिस पनि गरिन तर पनि आफ्नो छोराको अनुहार हेरेर आफुले छोरालाइ टुहुरो बनाउन हुन्न भन्ने सोचिन। सुमित्राले श्रीमान अर्को बिहे गरेर लुकि छिपी बसेको खबर पाएपछि उनी निकै दिक्क भएकी छिन्। बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू