वि.सं. २०७५ कार्तिक ०३ गते शनिबारको राशिफल हेर्नुहोस

admin

वि.सं. २०७५ कार्तिक ०३ गते शनिबार तदनुसार ई. सं. २०१८ अक्टोबर २० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०७ बजे र सूर्यास्त : साँझ ०५:२८ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५८ बजे र सूर्यास्त : साँझ ०५:२२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१३ बजे र सूर्यास्त : साँझ ०५:३३ बजे, आश्विन शुक्लपक्षको एकादशी तिथि, साँझ ०६:३७ बजेसम्म, त्यसपछि द्वादशी तिथि, शतभिषा नक्षत्र, मध्यरात्रीपछि ०५:३५ बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त), गण्ड योग, दिउँसो १२:१२ बजेसम्म, त्यसपछि बृद्धि योग, विष्टि (भद्रा) करण, साँझ ०६:३७ बजेसम्म त्यसपछि बब करण, आनन्दादि योग : आनन्द, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : आग्नेय, वारशूल : पूर्व, नक्षत्रशूल : दक्षिण, आजको चाडपर्व र उत्सव : पापांकुशा एकादशी व्रत, अन्नपूर्णा यात्रा, असँचाल

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :भोलिको चाडपर्व र उत्सव : त्रिपुष्कर योग बिहान ०५ बजृर ३६ मिनेटदेखि बेलुका ०८ बजेर ११ मिनेटसम्म ०५ गते : सोमप्रदोष व्रत, अर्घाखाँची सराय पर्व, ०६ गते : अखिल बलिपूर्ति,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आकस्मिक आम्दानीको योग देखिन्छ । घर परिवारबाट सुख शान्ति मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । नोकरीमा अवसर तथा राजनीतिमा विजय यात्रा शुरु हुने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कार्य सफलताले मनमा उमङ्ग बढ्नेछ । नाकरी तथा राजनीतिमा नयाँ अवसर प्राप्त हुन सक्छ । स्वदेश मात्र होइन वैदेशिक कामबाट पनि लाभान्वित भइने छ । प्रेरणा दायिक काम हुने छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सोच विचार काम गर्नु होला । अरुले धोका दिन सक्छन् चनाखो रहनु होला । इज्जत प्रतिष्ठा गिराउन खोज्ने छन् । आफ्ना कामले भन्दा अरुका कामले प्राथमिकता पाउने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय प्रतिकुल छ । काम गरेर उपलब्धि हात लाग्यो शून्य होला । व्यापार व्यवसायमा आएको मन्दि काय रहन सक्छ । स्वास्थ्यमा असर पर्ने छ । आर्थिक संकट आर्ई लाग्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेममा सफल हुनुहुनेछ । जीवन साथिबाट सहयोग पाईने छ । व्यापारबाट आय आर्जन राम्रो हुने छ,उपेक्षा गरेर काम नगर्नु होला । हरेक काम गर्दा संवेदनशिल हुनु आवस्यक छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
उच्च मनोबलका साथ काम गर्नु होला । स्वाथ्यमा सुधार आउने छ । प्रतिश्पर्धामा अगाडि हुनुहुने छ । इच्छाशक्ति बढ्ने छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अन्योलमा नपरि काम गर्नु होला । पढाई लेखाईमा प्रगति हुने छ । समयको गति सँग हिड्न सकिएन भने पछि परिने छ,आफुले लिने ठाँउ अरुले लिने छन् । व्यापारबाट सन्तुष्टि मिल्ने छैन ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिवारिक सुख मिल्ने छ । काम गर्ने जोश जागर भने घट्न सक्छ । विलासिता तिर मन आकर्षित हुने छ । नयाँ काममा हात नहाल्नु होला । व्यापार व्यवसायबाट कम लाभ होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिन अनुकुल नै देखिन्छ । आर्थिक राहतका कार्यक्रम अगाडि बढ्ने छन् । सवैलाई आफन्त र सवैलाई पराई नसंझनु होला । व्यवहार गर्दा चिनेर मात्रै काम गर्नु होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
संचित धन बढ्ने छ । आफन्तबाट सहयोग सहनुभूति मिल्ने छ । वोलिका कारण टाढाका पनि नजिक हुने छन् ।आर्थिक कारोवार गर्दा बढि चनाखो रहनु आवस्यक छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उच्च आकाँक्षाका साथ काममा लागिने छ र सफलता पनि मिल्ने देखिन्छ । काम गरे प्रशस्त पैसा कमाउन सकिने छ । लगानीका क्षेत्रमा हात नहाल्नुहोला पछि पश्चताप हुृनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन सामान्य देखिन्छ । खर्चको मात्रा बढ्न सक्छ । आफन्तसँगको भेटघाटमा समय र धन बढि खर्र्च हुने देखिन्छ । व्यापार व्यवसायबाट आशातित लाभ लिन सकिने छैन ।

प्रतिक्रिया