वीरगञ्जको भेडाहा खोलामा एक पुरुषको शव फेला

तुलसी नेपाल

वीरगञ्ज– पर्साको वीरगञ्जमा आइतबार बिहान एक पुरुषको शव फेला परेको छ ।

वीरगञ्ज महानगरपालिका ३१ बेल्वास्थित भेडाहा खोलामा पुरुषको शव फेला परेको हो । खोलामा फेला परेको शव पर्सागढी नगरपालिका ४ का ५५ वर्षका सकुर देवानको रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

मृतकको शरिरमा कुनै पनि चोटपटक नलागेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । बिहान खोलातिर गएका स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाउना साथ घटनास्थाल पुगेको प्रहरीले शव नियन्त्रणमा लिई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको छ । देवानको कसैले हत्या गरेको हो वा होइन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया