वीर गोर्खाली अभियानले पृथ्वी जयन्ती भव्यताका साथ मनाउने

admin

काठमाडौ:  २९८ औ पृथ्वी जयन्तीको अवसरमा वीर गोर्खाली अभियान यसको भातृ संगठन एटिएफ फोर्स र राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनले सिंहदरबार अगाडीको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएको छ।

भोलि बिहान ९ बजे भृकुटीमण्डप देखि निस्कने र्यालीले पन्चेबाजा, झाकी सहित सिंहदरबार गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यर्पन गर्ने कार्यक्रम रहेको अभियानका प्रमुख अभियन्ता नगेन्द्र देउजाले जानकारी दिएका छ्न।

सम्पुर्ण रास्ट्रवादी नेपाली जनतालाई बिहान ९ बजे भृकुटीमण्डपमा उपस्थित भइ एकता दिवस मनाउन आग्रह गर्दै देउजाले रास्ट्रपिता पृथ्वीनारायण शाहको योगदानको सबै नेपालीले कदर गर्नुपर्ने बताएका छ्न । कार्यक्रममा उपस्थित हुने सबैलाई नेपाली ढाका टोपी समेत वितरण गरिनेछ ।

प्रतिक्रिया