वैकल्पिक विधिबाटै एसईई र कक्षा १२ को परीक्षा गर्न सिफारिस

admin

काठमाडौं, १६ जेठ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट गर्न सिफारिस गरेको छ । कोरोना भाइरसको संक्रमण कम नभएकाले वैकल्पिक विधिमार्फत परीक्षा गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको परीक्षा बोर्डले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण बढेपछि एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्दै परीक्षा कसरी गर्ने भन्नेबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो । कार्यदलले अवस्था जटिल नै रहेकाले भौतिक उपस्थिति नगराइकन नै वैकल्पिक विधिमार्फत परीक्षा लिन सुझावसहितको प्रतिवेदन शिक्षा मन्त्रालयमा बुझाएको हो ।

अब शिक्षा मन्त्रालयले यसबारे थप छलफल गरी निर्णय गराउन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गर्ने छ । त्यसपछि मात्रै परीक्षा कसरी गर्ने भन्नेबारे टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया