शंकाकै भरमा ऋषि कपुरलाई कुट्न गएका थिए संजय दत्त

रिता घिसिंग

एजेन्सी : धीरुभाइ अम्बानीकी कान्छी बुहारी र अनिल अम्बानीकी पत्नी टीना अम्बानी ६२ वर्षकी भइसकेकी छिन् । ११ फेब्रुअरी १९५७ मा मुम्बइमा गुजराती परिवारमा जन्मिएकी टीना ९ दिदीबहिनीमध्ये सबैभन्दा कान्छी हुन् । टीना सानैदेखि ग्ल्यामरको संसारमा आउन चाहन्थिन् । उनलाई सुरुदेखि नै अभिनय र मोडलिङको सोख थियो । २१ वर्षको उमेरमा उनले फिल्म देश परदेशबाट बलिउड करिअर सुरु गरेकी थिइन् । टीनाले कैयौं हिट फिल्ममा काम गरिन् तैपनि उनी फिल्मभन्दा बढी व्यक्तिगत जीवनका कारण चर्चामा रहिन् । खास गरी संजय दत्तसँगको सम्बन्ध निकै चर्चामा रह्यो । 

संजय दत्त र टीना मुनिम बाल्यकालका साथी थिए । यी दुईले कलेजको पढाइ पनि एकसाथ पूरा गरेका थिए । यसक्रममा उनीहरु नजिकिए र उनीहरुको सम्बन्ध प्रेममा बदलियो । टीना मुनिम संजय दत्तलाई निकै माया गर्थिन् । दुवैको प्रेम बढिरहेको देखेर सुनिल दत्तले फिल्म ‘रकी’ बनाउने सोच बनाए । सुनिलले ‘रकी’बाट संजय दत्तलाई बलिउड डेब्यू गराए । संजय दत्त भर्खर बलिउड डेब्यू गर्दै थिए तर त्यतिबेला टीना सफल हिरोइन भइसकेकी थिइन् । यस्तोमा टीनाले आफ्नो करिअर दाउमा राख्दै देव आनन्दका कैयौं फिल्म छाडेर संजय दत्तसँग रकीमा काम गरिन् ।

 

संजय दत्त नशाको भोगी थिए । उनी हरेक समय नशामा लठ्ठ रहन्थे जसका कारण टीना उनीसँग निकै रिसाउँथिन् ।  यद्यपि हरेक कदममा टीा संजयलाई सम्हाल्थिन् । यहाँसम्म कि संजय दत्तको लागि टीनाले आफ्नो करिअर समेत दाउमा लगाएकी थिइन् । टीनाले संजयलाई सम्झाउने किै प्रयास गरिन् तर जब उनी सुध्रिन तयार भएनन् त्यसपछि टीनाले जिन्दगीको सबैभन्दा मुस्किल फैसला गरिन् । टीना संजयलाई स्दाका लागि छोडेर अमेरिका गइन् । टीना गएपछिको पीडा संजयले सहन सकेनन् र दिनरात रक्सीको नशामा डुबेर रहन थाले । 

 

संजयले बलिउडमा फिल्म रकीबाट डेब्यू गरेपछि टीना र संजयको प्रेमको चर्चा निकै चलेको थियो । यहाँसम्म कि टीनाको विषयमा संजय निकै झगडालु पनि थिए । स्टारडस्टलाई दिएको अन्तरवार्तामा संजयले भनेका थिए कि मैले मेरी गर्लफ्रेण्डको करिअरमा कहिल्यै रोकटोक गरिन सिवाय उनको कपडाको विषयमा । संजयले भने ‘म टीनालाई लिएर निकै पजेसिभ थिएँ । उनी केवल मेरी थिइन् । म चाहन्थें कि स्क्रिनमा उनी आफूलाई एक्सपोज गरुन् । म थोरै स्वार्थी छु । मलाई उनको हिट र फ्लपसँग यत्ति कारण मात्र मतलब छ कि करिअर नचल्दा सायद उनी घरमै बस्नेछिन् ।’

 

१९८१ मा रकी रिलिज हुनुभन्दा पहिले १९८० मा ऋषि कपुरको कर्ज रिलिज भएको थियो । दुवै फिल्ममा टीना मुनिम नै हिरोइन थिइन् । संजय दत्तलाई शंका भयो कि टीना र ऋषिबीच अफेयर चलिरहेको छ । यही कारण टीनालाई लिएर निकै पजेसिभ संजयले गुलशन ग्रोवरसँग मिलेर ऋषिलाई कुट्ने योजना बनाए । संजय दत्त जब नशामा ऋषि कपुरको घरतर्फ गइरहेका थिए उनले बाटोमा नीतू सिंहलाई भेटे । नीतूले सोधेपछि संजयले आफ्नो शंका उनलाई बताए । नीतूले संजयलाई बताइन् कि ऋषि र टीनाको बीचमा मित्रताभन्दा बढी कुनै सम्बन्ध छैन । नीतूले निकै सम्झएपछि संजयले ऋषिलाई कुट्ने जिद्दी छाडेका थिए । 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू