शाहरुख खानको जन्मदिनमा बहुप्रतिक्षित चलचित्र ’जिरो’को ट्रेलर रिलिज हुँदै

admin

कार्तिक १४, बलिउड स्टार शाहरुख खानको जन्मदिनमा’जिरो’को ट्रेलर रिलिज हुँदैछ । यो फिल्ममा शाहरुख खान पुड्को मान्छेको भूमिकामा देखा पर्दैछन् । डिसेम्बर २१ देखि रिलिज हुन थालेको फिल्म बहुप्रतिक्षित बनेको छ । फिल्ममा शाहरुख खानको साथमा अनुष्का शर्मा, क्याट्रिना कैफको पनि मुख्य भूमिका छ । साथै सलमान खान, काजोल, आलिया, दीपिका, करिना लगायत कयौँ फिल्म स्टारको अतिथि भूमिका रहनेछ । यसअघि सलमान खान सम्मिलित टिजर रिलिज भैसकेको छ । जसमा पुड्का बनेका शाहरुख खान सलमान खानसँग नाँच्दै गरेको देखिएका थिए ।

शाहरुख खानका फिल्म हिजोआज त्यति चलेका छैनन । पछिल्लो पटक रिलिज भएको फिल्म ‘जब ह्यारी मेट सेजल’ ले त पानी पनि भन्न पाएन् । त्यसअघि रिलिज भएको रईसले करिब १ सय ४० करोडको कलेक्शन गरेको थियो । ‘रईस’ भन्दा अघि रिलिज भएका दिलवाले पनि कमाल गर्न सकेन् । शाहरुख खानको फिल्म ‘चेन्नई एक्प्रेस’ मात्रै हिट भएको थियो जुन सन् २०१३ मा रिलिज भएका थियो । त्यसपछि रिलिज भएको ‘ह्याप्पी न्यु इयर’ ले पनि राम्रो कलेक्शन गर्यो । तर त्यसपछिका कुनै पनि चलचित्र फाफेका छैनन् । त्यसैले पनि फिल्म जिरोबाट शाहरुख र उनका फ्यानहरु निकै आशावादी छन् ।

शाहरुखको जन्मदिनमा जिरोको ट्रेलर सार्वजनिक गर्दै उनले फ्यानलाई गिफ्ट दिन चाहेका छन् । ट्रेलर कस्तो बनेको छ त्यो त ट्रेलर रिलिज भएपछि थाहा हुनेछ । नोभम्बर २ शाहरुख खानको दिन भन्दै ट्वीटरमा ह्यासट्याग अभियान पनि चलिरहेको छ । हेरौँ, जिरोको ट्रेलर कस्तो बनेको छ त्यो नोभेम्बर २ मै थाहा हुनेछ । के शाहरुख खानको गिरेको शाख जिरोले फर्काउला त ? प्रश्न यहि उब्जेको छ ।

प्रतिक्रिया