शित्तल शर्माको ‘पिरतीमा A+’

admin

काठमाडौं, १ बैशाख : नयाँ वर्ष २०७८ को उपलक्ष्यमा गायिका एंव उद्घोषक शित्तल शर्माले पिरतीमा A+ लिएर आएकी छिन् । बैकुण्ठ महत र शित्तल शर्माको आवाज रहेको उक्त गीतमा रमेश बिजीको शब्द एंव बैकुण्ठ महतको संगीत रहेको छ । 

मौसम हिमालीले निर्देशन एंव कोरियोग्राफि गरेका छन । करण चैसिरको छाँयाकन रहेको गीतमा मनोज कार्कीको सम्पादन रहेको छ । 

भिडीयोमा भने अर्जुन गौतम र अन्जली अधिकारीले कम्मर मर्काएकी छिन् । 

गायिका शित्तल शर्मा यसो त समाजसेवी पनि हुन् । गत वर्षमात्रै असोजमा बाग्लुङ ढोरपाटनमा गएको बाढी पिडितका लागी ५ लाख सहयोग गरेकी थिईन । 

 

प्रतिक्रिया