शिवपुरी जंगलमा आगलागी, हेलिकप्टरबाट पानी खसाउँदा पनि नियन्त्रणमा आउन सकेन

admin

काठमाडौं, २९ चैत : शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भएको छ । बूढानीलकण्ठ नजिकैबाट बिहान ११ बजेतिर लागेको आगो अहिले धेरै ठाउँमा फैलिइसकेको छ । निकुञ्जमा लागेको आगो नियन्त्रणका लागि हेलिकप्टरबाट पानी खसाइएको छ । सिम्रिक एअरको हेलिकप्टरबाट पानी खसाइएको हो ।

हेलिकप्टरले पानी खसाए पनि डढेलो पूर्ण नियन्त्रणमा आउन सकेको छैन । बूढानीलकण्ठ नजिकैबाट आइतवार बिहान १० बजेतिर लागेको डढेलो अहिले धेरै ठाउँमा फैलिइसकेको छ । डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षाका लागि खटिएको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।

काठमाडौंका दुई वटा दमकल गएर नियन्त्रणको प्रयास गरे पनि डढेलो सडकभन्दा धेरै माथि पुगेकाले सफल हुन नसकेपछि दमकल फर्किएका छन् । आगो के कारणले लागेको हो भन्नेबारे थाहा भइसकेको छैन ।

प्रतिक्रिया