संक्रमितको सहायताका लागि ‘कोभिड केयर नेपाल’ एप्लिकेशन सार्वजनिक

admin

काठमाडौं, ३१ बैशाख : युथ कांग्रेस नेपालले कोरोना संक्रमितहरुको सहायताको लागि ‘कोभिड केयर नेपाल’ नामक एप्लिकेशन (एप) सार्वजनिक गरेको छ । यस कोभिड केयर नेपाल एपमा देशैभरि रहेका कोरोना उपचार हुने अस्पतालको जानकारी तथा आफूलाई पायक पर्ने अस्पताल पत्ता लगाइ एपबाटै फोन सम्पर्क गर्न सकिने युथ कांग्रेसले जनाएको छ ।

यस्तै यो एपमा देशै भरका एम्बुलेन्स र चालकका सम्पर्क नम्बरहरु पनि राखिएका छन् । यो एपको सहायताले आपत्कालीन अवस्थाका लागि नजिकैका आइसोलेशन सेन्टर तथा बफर जोनहरु पत्ता लगाउन सहयोग गर्ने जनाइएको छ । यस्तै होम आइसोलेशनमा रहेका बिरामीहरूको लागि डाक्टरको परामर्श लिने व्यवस्था पनि मिलाइएको युथ कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया