संचारकर्मी सरोज गायन क्षेत्रमा चम्किदै

admin

झापा जिल्ला कन्काइ नगरपालिका -२ सुरुङ्गामा जन्मिएका सरोज कोइराला सुनौलो भबिस्यको तानाबाना बुन्न २०५८ सालमा काठमाडौं छिरेका थिए । राम्रो गायक बन्ने सपना उनको बाल्यकालकै थियो तर तत्काल त्यो रहर पूरा हुन सकेन, राजधानी काठमाडौं मा जिबिका चलाउनकै लागि सरोजले रेडियो सिटि एफ एम मा समाचार फुक्न थाले तर उनको गायनी लक्ष्य भने मरिसकेको थिएन । झापामा हुँदै धुर्ब पाठक बाट सारेगम को सामान्य अभ्यास सिकेका सरोज रेडियो मा काम गर्दै भोकल सिक्दै गर्न थाले ।

राजधानीमा साधना कलाकेद्र मा भर्ना भयर सरोजले लगातार ३ बर्षसम्म वरिष्ठ संगितसाधक प्रकाश गुरुङ सग भोकल सिकेका थिए । फलस्वरूप बि.स २०६० सालमा सरोजले पहिलो पटक आफ्नो स्वरमा एउटा बाल गित रेकर्ड गराउन सफल भए जुन गित बालबालिका संग सम्बन्धित काम गर्ने संस्था सिबिनले निकालेको थियो भने शब्द र संगित लिला श्रेष्ठ ले दिएका थिए ।त्यसपस्चात लगत्तै शंकर अधिकारि घायलले शब्द /संगित गरेको “यी नजरमा लुकाउकी ” नामक गितमा सरोजले स्वर दिएका थिए ।राजधानी काठमाडौं मा टिक्नको लागि सरोजलाइ त्यसबेला गित संगीत मात्र पर्याप्त थिएन तेसैले उनले संचार कर्मको कामलाई पनि बढी नै प्राथमिकता दिनुपर्ने अबस्था थियो ।सरोज रेडियो सि टि पश्चात् एभिन्युज,न्युज 24, नेपाल वातावरण पत्रकार समूह हुँदै हाल हिमालय टि भि मा कर्म गरिरहेका हुन।

गितमा झुम्दै सरोज
गित गायनकै क्रममा सरोज ले राज तिमल्सिना ले निर्माण गरेको चलचित्र भाइ भाइ मा समेत एक शिर्ष गित गायका थिय भने आफ्नै एकल एल्बम सगुन २०७० मा श्रोता दर्सकमाझ ल्याउन सरोज सफल भयका थिय।२०७२ सालमा उनिद्वारा स्वर र संगीत रहेको गित यो आखाको पानी श्रोता माझ रिलिज भै अहिले पनि कर्णप्रिय रूपमा सुन्न सकिन्छ । २ दर्जन भन्दा बढी गित गाइ सकेका सरोज आफ्नो दोस्रो एकल एल्बम आकृति लियर केही समय भित्रनै दर्शक माझ आउदै छन ।

भर्खरै मात्र देब नेपालले निर्देशन गरेको चलचित्र म्हेन्दु मा समेत सरोजले एक शिर्ष गित गायकाछन,जुन गित उक्त चलचित्र को कथा बस्तु वरिपरि घुमेको बताइन्छ।त्रि बि बि बाट संगीत मा स्नातक गरेका सरोज ले गायको सान्नानी तिमिलाइ सम्झी नामक बोल को म्युजिक भिडियो बिन्दबाशिनी म्युजिक बाट केही दिन अगाडि मात्रै सार्बजनिक भयको थियो,जुन भिडियो लाई देब नेपाल ले निर्देशन गरेका थिय भने रमेश शोडारी र सिमन दाहाल ले मोडलिङ गरेका थिए ।चर्चित संगीतकार सुरेश अधिकारी ,चेतन सापकोटा लगायत ले संगीत गरेको गित मा स्वर भरिसकेका सरोज भने आफ्नो साङितिक गुरु धुर्ब पाठक ,प्रकाश गुरुङ र राम सिटौला लाई मान्ने गर्दछन।

प्रतिक्रिया