संस्कार विगार्ने पर्यटनमन्त्रीलाई सरकारले तुरुन्तै पदबाट हटाउनुपर्छ : दिपेन्द्र कँडेल

मनिषा थापा

पिएनपिखबर : अष्ट्रेलियास्थित सिड्नीको प्रहरीले ‘भ्रमण वर्ष २०२०’को प्रचारमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईलाई र्याली गर्न नदिए पछि उनको आलोचना सर्वत्र भईरहेको छ। विनाशकारी डढेलोले गर्दा जंगलसँगै बन्यजन्तु गुमाएको कारण अष्ट्रेलिया शोखमा परेको बेलामा उनी प्रचार गर्न जानु गलत रहेको भन्दै आलोचना भएको हो।

यसै विषयमा बोल्दै पब्लिक इनोभेटर दिपेन्द्र कँडेलले भने, ‘राहत लिएर जाने ठाउँमा मन्त्री योगेश भट्टराई नेपाल भ्रमण वर्षको प्याकेज लिएर गएको सत्य हो भने उनलाई पदबाट हटाउनुपर्छ। यदि सरकारले उनलाई पदबाट नहटाए म सरकारको विपक्षमा रहनेछु।’

उनले अरुको देश रोहिरहेको बेलामा भ्रमणको निम्तो लिएर जानु भनेको उनमा संस्कार नभएको बताए। अरुको दुखमा सहानुभुति दिनु नेपालको संस्कार हो जसलाई पर्यटन मन्त्रीले फ्युजन गरेर विगारे।’ उनले भने। ‘नेपाल भ्रमण वर्ष’ सफल पार्न अन्य देश गएर बोलाउनु भन्दा नेपाललाई नै कसरी अकार्षक बन्छ भन्नेतर्फ लाग्नु पर्ने उनको भनाई छ।

यद्दपी पर्यटन मन्त्री योगेश भट्टराईले उनको नाम विगार्न एउटा गिरोह नै लागेको जनाएका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया