सक्रिय संक्रमितको संख्या ३८६१, आज ३७४ जना डिस्चार्ज

admin

काठमाडौं, ५ माघ : नेपालमा सोमबारसम्म कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या तीन हजार आठ सय ६१ रहेको छ । बितेको २४ घण्टामा थप तीन सय २२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा तीन सय ७४ जना कोरोनामुक्त भएका छन् । योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या दुई लाख ६१ हजार आठ सय १८ पुगेको छ ।

नेपालमा अहिलेसम्म दुई लाख ६७ हजार ६ सय ४४ जनालाई कोरोनाको संक्रमण भएको छ । यस्तै बितेको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार नौ सय ६५ पुगेको छ ।

प्रतिक्रिया