सक्रिय संक्रमितको संख्या एक हजारभन्दा कम, थप ११२ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, १४ फागुन : नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक हजारभन्दा तल झरेको छ । गएको कात्तिक पहिलो हप्ता सक्रिय संक्रमितको संख्या ४० हजार नाघेकोमा अहिले घटेर एक हजारभन्दा तल झरेको हो । अहिले नेपालमा नौ सय ३६ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा ५४ जना निको भएसँगै निको हुनेको संख्या दुई लाख ७० हजार दुई सय ७७ पुगेको छ । यस्तै बितेको २४ घण्टामा एक सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तीन हजार नौ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा एक सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै थप चार जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई हजार सात सय ७१ पुगेको छ ।

प्रतिक्रिया