सङ्गठन विधानअनुसार छलफल गरे गुट-उपगुट समस्याको समाधान खोज्न सकिन्छ : नेता नेपाल

admin

पर्सा, २९ चैत : नेकपा एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान निस्कने धारणा व्यक्त गरेका छन् । नेता नेपालले पार्टीभित्र देखिएको गुट-उपगुटको समस्यालाई विधिसम्मत बैठक बसी छलफलको माध्यमबाट टुङ्गोमा पुर्‍याउन सकिने विश्वास व्यक्त गरे ।

प्रेस सङ्गठन नेपाल पर्साले आइतबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले सङ्गठनको विधानअनुसार छलफल गरे समस्याको समाधान खोज्न सकिने बताए । उनले विगतका तिता अनुभवलाई पछाडि छाड्दै सकारात्मक छलफलको माध्यमले पार्टीभित्रका समस्यालाई समाधान गर्न आफूहरू तयार भए पनि पार्टी नेतृत्वको कारण समस्या यथावत् रहेको आरोप लगाए ।

एकले अर्कालाई निषेध गर्ने प्रवृत्तिले कहीँ नपुग्ने भएकाले वर्तमान समस्याको समाधान वार्ता र संवादबाटै खोजिनुपर्नेमा नेता नेपालले जोड दिए । नेता नेपालले नेता तथा कार्यकर्तामाथि गरिएको कारबाहीले पार्टीलाई कमजोर तुल्याउने बताए । उनले पार्टी विधान र विधिबाट चल्नुपर्ने मान्यता राख्ने नेतारकार्यकर्तालाई कारबाही गरी कम्युनिस्ट आन्दोलनलाई समेत कमजोर पार्ने र देशमा राजनीतिक सङ्कट उत्पन्न गरेको दाबी गरे ।

प्रतिक्रिया