समाज सेवी विनय भन्छन, ‘१८ करोडको गाडी माग्न लगाएर राष्ट्रपतिज्यूलाई कुनै चटकेले इन्द्रजालमा पारेको छ’ [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  विगत लामो समय देखि समाजसेवामा लागेका बिनय जंग बस्नेत वेवारिसे लासको उत्थान गर्दै जलाउने, जाडरक्सिको कुलतमा फसेकालाई कुलतबाट निकाल्ने, गरिव, असहाय र दुखिलाई सकेको सहयोग गर्ने गर्दछन्।

यो उनको जीवनको एक पाटो नै बनिसकेको छ। उनको याक्सन फर सोसियल चेन्ज नामक संस्था मार्फत उनले समाजसेवामा अतुलनिय योगदान पुराउदै आएका छन्।

उनले आजका दिनसम्म १४३ ओटा वेवारिसे लासको दाससस्कार गरिसकेका छन्। दाससस्कार पछि आत्माको शान्तिका निम्ति सामान्य काजक्रिया पनि उनले गर्दिने गरेका छन। उनले यस्ता शवको दास्सकार गर्न पाउदा आनन्द मिल्ने बताएका छन। उनले आफै ऋण गरेर सम्म लाशलाई दागबत्ती दिएका छन्।

यता उनले ऋण गरेर वेवारिसे लास खोजी खोजि जलाई रहेको बेला राष्ट्रपतिले १८ करोडको माग गर्ने कुरा उनी जस्ता कयौ जनतालाई अपच भएको छ। यसै विषयमा उनले आलोचना गर्दै आफ्नो फेसबुकमा लेखे, ‘मलाइ १८ करोड हैन , हौसला र उत्साह सहित जम्मा मात्र ८ लाख देउ सरकार सरकार । म नेपाल अधिराज्य भरिका मृत तथा जिवीत-बेसाहारा , बेवारिसेहरुलाई स-सम्मान उचित ब्यबस्थापन गर्छु… .. . ‘

कुनै बेला नेपालको पूर्वीनेपालमा दुख भोगेर बसेकी महिलाले आज राष्ट्रपतिलाई भनेर १८ करोडको गाडीको गरिरहेकी छिन्। उनी अरुको इन्द्रजालमा परेकी छिन्। नेताहरुले पनि वेवारिसे लासलाई निर्मुल बनाउँछु भनेर भासण दिए तर व्यवाहारमा उतार्न कसैले गरेनन्। बाँकी हेनुहोस भिडियोमा..

प्रतिक्रिया

सम्बन्धित समाचारहरू