सरकारले देख्न नसकेको ‘सुन्तली आमा’को मुहारमा हाँसो, यी युवाले फर्काइदिए

admin

काठमाडौं, कोरोना भाइरसको त्रासले यतिबेला विश्व साथै नेपाल समेत आतंकित भईरहेको छ । सरकारले जारी गरेको लकडाउनले गर्दा दैनिक ज्यालामजदुरी गरेर आफ्नो दैनिकी चलाउने लाखौँ नागरिकहरु रोजीरोटी नभएर भोक भोकै बस्न बाध्य छन् । दर्शकबृन्दहरु यो भिडियो हेरिसकेपछि कसको मन रोएन होला र ?

सच्चाई हिमालयन टेलिभिजनबाट यो भिडियो प्रसारण भएपछी धेरै व्यक्तिहरुको मन हृदयदेखि नै रोएको थियो। कोरोना भाइरसका कारण १२ दिनदेखि लकडाउन भएको देशमा थुप्रै व्यक्तिहरु भोकले मर्छु कि भनेर अत्तिसकेका छन् ।

सरकारले राहत प्याकेज लिएर पनि ति त सबै सुबिधा सम्पन्न घर भएका आआफ्ना वडाबासीका लागि मात्र बाडिए । तर दैनिक ज्याला मजदुरी गरेर खाने सुन्तली थापा जस्ता सर्वहारा वर्गलाई भने यो सर्वहारा वर्गको राज्यसत्ता स्थापित गर्न लडेको कम्यनिष्ट सरकारले देख्न सकेन उनीहरुका लागि राहतका प्याकेज बाड्न सकेन।

तर विशाल हृदय भएका नेपालीहरु यो भिडियो देख्ने बित्तिकै आफ्नो खल्तीबाट सकेको सहयोग गर्दै यी आमाहरुको मुहारमा खुसि दिन पुगेका छन् । आज सुनिल केसी, उत्तम भण्डारी रश्मी शर्मा अर्याल, उमेस गुरुङ, हरि पन्त, किरण पोख्रेल, प्रदिप घिमिरे र साजन विश्वकर्मा जस्ता व्यक्ति स्वतस्फुर्त रुपमा सकेको सहयोग गर्दै यो ठाउँमा पुग्दा यी आमाहरुको मुहारमा क्षणभरमै हाँसो भरिएको थियो ।

सेवा नै परम धर्म हो । दर्शकबृन्दहरु देश आज विषम परिस्थितमा गुज्रिरहेको समयमा तपाईं हामी पनि आफ्नो छर छिमेका कोहि त्यस्ता भोका नाङ्गा व्यक्तिहरु देखिएको खण्डमा बरु आफु एकछाक नखाएर भएपनि सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं।

सच्चाई पुण्य कमाउन टाढा जानु पर्दैन । गरिब दुखीको सेवामै पुण्य मिल्छ । हामी आशा अनि भरोसा गरौँ सगरमाथा झैँ विशाल हृदय भएका हामी नेपालीहरुका अगाडी कोहि पनि खान नपाएर भोकै मर्नु नपरोस् ।

बाँकी भिडियोमा हेर्नुहोस् ।

प्रतिक्रिया