सस्तोमा डलर साटीदिन्छु भन्दै ५ लाख लु’टपा’ट गर्ने २ जना प’ क्राउ

admin

भक्तपुर, १३ असोज : भक्तपुर सस्तोमा डलर साटीदिन्छु भन्दै नगद ५ लाख रुपैयाँ लु’टपाट गरेको अभियोगमा २ जना प’क्राउ परेका छन् ।

भक्तपुर नगरपालिका–१० कमलविनायक वसपार्कबाट सूर्यबिनायक बस्ने दोलखा घर भएका एक व्यक्तिलाई डलर देखाई सस्तो दरमा साटीदिन्छु भन्दै ५ लाख रुपैंयाँ लु’टपा’ट गरेको अभियोगमा २ जनालाई प्र’हरीले प’क्राउ गरेको हो ।

प’क्राउ पर्नेहरुमा भक्तपुर चारदोबाटो डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन् ।

उक्त नगद लुटी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्र’हरी परिसर भक्तपुर र महानगरीय प्र’हरी वृत्त जगातीबाट खटिएको प्र’हरीले चाँगुनारायण नगरपालिका–८ रातोपाटीबाट उनीहरुलाई मंगलबार प’क्राउ गरेको हो ।

उनीहरुको साथबाट नगद ३ लाख ३१ हजार रुपैयाँ, २ थान मोबाइल, १ थान मोटरसाइकल, २ थान पर्स र ८ थान विभिन्न देशका डलर समेत प्र’हरीले बरामद गरेको छ । प’क्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया