सांसद झपट रावलको घरमा मध्यराति ढुंगा प्रहार

admin

काठमाडौं, २ बैशाख : नेकपा एमाले सांसद झपट रावलले आफू बसको घरमा ढुंगा प्र’हार भएको बताएका छन्। राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा बोल्दै सांसद रावलले गएराति १२ बजे आफू बस्ने घरमा पटक-पटक ढुंगा हानिएको बताए। आफूले १०० मा फोन गरेर जानकारी गराउँदा समेत कुनै कारबाही नभएको बताए।

‘शान्तिनगरस्थित म बस्ने घरमा ५-१० मिनेटको अन्तरालमा ढुंगा हानिएको थियो। १०० मा फोन गर्दा नि उठेन। कोटेश्वरमा फोन गर्दा समेत फोन उठेन,’उनले भने,’हनुमानढोकाका सुरक्षाकर्मीलाई फोन गरेपछि मात्रै ३५ मिनेटमा प्रहरी आइपुगे। मेरो कुनै रिसिइबी छैन,त्यसैले छानबिन गरियोस् र संलग्नलाई कारबाही गरियोस्।’

सुरक्षा निकायले तत्काल चासो नदेखाएकोबारे गृहमन्त्री र सचिवको समेत उनले ध्यानाकर्षण गराएका छन्। रावल कैलालीबाट निर्वाचित सांसद हुन्।

एमालेभित्रको अन्तरसंघर्षमा उनी वरिष्ठ नेता माधव नेपालको पक्षमा छन्। रावल वर्तमान सरकारको खरो आलोचक समेत हुन्।

प्रतिक्रिया