सांसद बस्नेतद्वारा नेपालको कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न खोज्ने ‘६ नेताको ७ बुँदे दृष्टिकोण’

admin

काठमाडौं, २८ बैशाख : नेकपा एमालेका सांसद महेश बस्नेतले पछिल्लो समय नेपालको राजनीतिक अराजक दुस्चक्रमा फसाउन खोज्ने पाँच नेताको बारेमा सात बुँदे आफ्नो धारणा सार्वजनिक गरेका छन् । सांसद बस्नेतले सामाजिक सञ्जालमार्फत नेपालको ७१ वर्षे कम्युनिष्ट आन्दोलनलाई यो उचाईमा पुर्‍याउन तथा कम्युनिष्ट आन्दोलनलाई सखाप पार्न वर्तमान समयका नेतृत्वले खेलेको भूमिकाका बारेमा आफ्नो सात बुँदे धारणा राखेका हुन् ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाउन महत्वपूर्ण जिम्मेवारी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले नेपालको कम्युनिष्ट आन्दोलन र सरकार दक्षिणपन्थी कांग्रेसको हातमा समर्पण गर्न घृणित कोशिस गरेको भन्दै उनले आक्रोस जनाए ।

७१ वर्षसम्मको लामो संघर्ष पछि नेपालमा कम्युनिष्ट शासन आएको स्मरण गराउँदै उनले क्रान्तिकारीको नाममा आन्दोलन गर्नेको हैसियत दक्षिणपन्थीको पाउन कम्युनिष्ट सरकार पुर्‍याउन मात्र भएको स्पष्ट रुपमा देखिएको बताए । विधि र अनुशासनको वकालत गर्ने माधव नेपालको वास्तविक चरित्र छर्लङ्ग भएको उल्लेख गर्दै उनले विगतमा सत्तामा रहदाँ भ्रष्टाचार, अनियमितता र कुशासनका नाइके कांग्रेसका नेताहरुको नौंटकी पुनः नेपाली जनताले देख्ने अवस्था सिर्जना हुन खोजेको बताए ।

यस्तो छ सांसद बस्नेतको नजरमा ६ नेताको ७ बुँदे दष्टिकोण
१) ७१ बर्ष पछाडी कम्युनिष्टहरुले प्राप्त गरेको सत्ता दक्षिणपन्थीको पाउमा चडाउन कम्मर कसेर लागेका प्रचण्डहरुको क्रान्तिकारीपन पनि खियो ।

२) जनताको प्यारो पार्टी फुटाएर भएपनी उग्रवामपन्थी र दक्षिण पंथीको घोडा बन्न तयार माधव नेपालहरुको विधि र अनुशासन पनि देखियो ।

३) बिगतमा सत्तामा रहदाँ भ्रष्टाचार, अनियमितता र कुशासन दिने कांग्रेस नेताहरुका नौटंकी फेरि देखिदैछ ।

४) पद र पैसा भने पछि जिउ ज्यान छाड्ने आफू मन्त्री होउन जेल तेही सरकार क्रान्तिकारी र आफू भ्रष्ट र असफल भएर फालिए पछी प्रतिगामी, संविधान संशोधन र मधेसी आन्दोलनका मुद्धामा मतलब छैन । कुर्सिको लागि जे पनि गर्ने उपेन्द्र यादवको मधेस मोह पनि हेरियो ।

५) आठ ओटा पार्टी फेरेर प्रवेश गरेको जसपालाई फोर्न प्रचण्ड र राम चन्द्रहरुको गोटी बन्ने अफ्नो साँसदहरुलाइ एक ठाउमा राख्न नसक्ने अनि प्रधानमन्त्री र राष्ट्रपतिलाई सराप्ने बाबुरामको कुण्ठा पनि देखियो ।

६) राष्ट्रियता जनताको बिकास, समृद्धि र कोभिडको महामारीबिरुद्ध सशक्त नेतृत्व दिन सक्ने एमाले र प्रधानमन्त्री केपी शर्मा ओली नै हो । कुनै भ्रममा नपरी हाम्रो पंति अभियान बनाएर लागौं ।

७) श्याल हुँइया गर्नेहरुको भविष्य छैन । आवश्यक प्रतिरोध गरौं ।

प्रतिक्रिया