साढे ६ लाख धरौटी बुझाएर छुटे बाघ मा’र्ने चालक

admin

वीरगञ्ज, ८ माघ : पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको सडकमा कारको ठ’क्करबाट पाटे बाघ म’रेपछि हिरासतमा रहेका कार चालक ६ लाख ५० रुपैयाँ धरौटी बुझाएर साधरण तारेखमा रिहा भएका छन् । बारा जिल्ला अदालतको अन्तरिम आदेशपछि कार चालक सर्लाही बलरा नगरपालिका–३ का ५३ वर्षीय अजय मिश्र रिहा भएका हुन् ।

जिल्ला अदालत बाराले ६ लाख ५० हजार धरौटी मागेर पुर्पक्षका लागि तारेखमा छोडेको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी रमेश यादवले जानकारी दिए । माघ ५ गते बारा अदालतले मिश्रलाई धरौटी बापतको रकम लिई तारेखमा छाड्न निकुञ्ज प्रशासनलाई आदेश दिएको थियो ।

निकुञ्ज प्रशासनले बारा जिल्ला अदालतमा उनी विरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत मुद्दा चलाएको थियो । घटना भएकै दिन उनलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको थियो । रेञ्जर दिपक तिवारीलाई अनुसन्धान अधिकृतको जिम्मेवारी दिइएको थियो ।

पुस १८ गते शनिबार बिहान ७ बजे हेटौंडाबाट सर्लाहीतर्फ जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले आधाभार जंगल क्षेत्रमा पोथी पाटेबाघलाई ठ’क्कर दिएको थियो । सडक पार गर्न उफ्रिएको बाघको टाउकोमा कारले ठ’क्कर दिएपछि बाघको घ’ट’नास्थलमै मृ’त्यु भएको थियो ।

युनाइनेट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) समेत रहेका कार चालक मिश्र आफैंले प्र’हरीलाई घ’टनाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया