सिन्धुपाल्चोकमा हिमपातः जनजीवन प्रभावित

कृष्ण रोकाया

मेलम्ची, २८ मङ्सिर : सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र शेर्माथानमा हिमपात शुरु भएसँगै जनजीवन प्रभावित भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको शेमार्थान, ता¥र्के घ्याङ, ठाडेपार्टी, मेलम्ची घ्याङलगाएत उच्च भूभागमा शुक्रबारदेखि हिमपात शुरु भएको हो ।

त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पनि हिउँ परेको छ । भोताङ, बरुवाको लथाङ र बगाम, ग्याङ खर्क, गुन्साको च्योच्यो डाँडा, नागी डाँडा आसपासमा हिउँ परेको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।

हिमपात शुरु भएपछि सिन्धुपाल्चोकमा चिसो बढेको छ । शुक्रबार बिहानैदेखि हल्का वर्षासहित हिमपात शुरु भएसँगै जिल्लाको उच्च भूभाग तथा शेमार्थान, मेलम्ची घ्याङ, भोताङ, बरुवाको लथाङ र बगाम, ग्याङ खर्क, गुन्साको च्योच्यो डाँडा, नागी डाँडालगायतका स्थान अहिले ढाकिएका छन् । हिउँ परेसँगै पर्यटकको पनि घुइँचो लागेको छ । चिसोका कारण वृद्धवृद्धा, गर्भवती तथा सुत्केरी महिला, बालबालिका बढी प्रभावित भएका छन् । रासस

प्रतिक्रिया