सिमानामा अनशनरत युवाहरुको स्वास्थ्य अबस्था विग्रिदै, बाक्लो हिउँले गर्दा उद्दार गर्न कठिन

मनिषा थापा

पिएनपिखबर : भारतले अतिक्रमण गरेको नेपाली भूमी लिपुलेकमा गएर अनशन बसेका केएन बस्यालको स्वास्थ्य अवस्था विग्रिदै गएको अधिबक्ता स्वागत नेपालले बताए। अनशन बस्ने क्रममा के एन बस्याल २ पटक वेहोश समेत् भएको संवाद चौतारीमा गरिएको कार्यक्रममार्फत नेपालले जनाएका हुन्।

अनशन बसेको स्थान दार्चुलामा बाक्लो हिउँ परेको कारण उनलाई अस्पताल लान मुश्किल परेको उनले जानकारी गराए। उनले भने, ‘बाक्लो हिँउँका कारण त्यहाँका स्थानीय सबै बसाईसराई सरे र एउटा बाँकी रहेको घरका सदस्य पनि सर्न लागेको स्थिति छ। उनीहरुको उद्धार गर्न सबैलाई अनुरोध गर्न चाहान्छौ।’

उनले अनशन बसिरहेका युवालाई हेलिकप्टरबाट ल्याउन सरकारलाई पहल गर्नुपर्नेमा जोड दिए। अनशन बसिरहेका युवाहरुलाई उद्दार गर्न व्यक्तिगतरुपमा आफुहरुले आर्थिक सहयोग रकम उठाएको बताए। यसको साथै उनले उद्दारका लागि देश -विदेशमा रहेका सम्पूर्ण सहयोगी महानुभावलाई अनुरोध गरेका छन्। उनले अनशन बसेकाहरुको जिम्मेवारी सरकारले लिनुपर्ने बताए।

गत हप्ता अघि देखि अनशन शुरु गरेका उनीहरुलाई काठमाडौँबाट प्रहरीले बस्न नदिए पछि लिपुलेकमा बस्ने योजना साथ उनीहरु गएका हुन्। अनशनमा उनी लगायत स्वतन्त्र राष्ट्रिय खेलाडी महासंघका अध्यक्ष सेफर्ड लिम्बू र अभियन्ता रमित बलामी पनि बसेका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू