सीता दाहाल र माधव नेपालका बुबालाई पनि पदक

admin

काठमाडौं, ३ असोज : संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नौ सय तीन जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरिने भएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा १ अनुसार गएको भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले विभिन्न व्यक्तिलाई विभूषण प्रदान गर्ने भएकी हुन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका बुबा स्व. मंगलकुमार उपाध्याय नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई पनि पदक प्रदान गरिने भएको छ ।

माधव नेपालका बुबा स्व. मंगलकुमार उपाध्याय नेपाललाई साहित्यकारका रूपमा प्रबल जनसेवाश्री पदक प्रदान गरिने भएको हो भने प्रचण्ड पत्नी सीता दाहाललाई राजनीतिक अभियन्ताका रूपमा प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रदान गरिने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो बैशाख १ गते विशेष समारोहका साथ विभूषण, अलङ्कार र पदक वितरण गर्नेछिन् ।

प्रतिक्रिया