सीमा विवादबारे प्रधानमन्त्रीस्तरमा भारतसँग चारपटक टेलिफोन वार्ता भयो : मन्त्री ज्ञवाली

admin

बुटवल, २ असोज : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाले ल्याएको आर्थिक संकट र नागरिकको दैनिकमा देखापरेको समस्याको समाधान गर्ने गरी अगाडी बढिरहेको बताएका छन् ।

शुक्रबार बुटवलमा प्रेस संगठन नेपालले राखेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले कोरोना माहामारी, एमसीसी, सीमाविवाद लगायतका विषयमा आफ्ना धारणा राखेका हुन् । यस्तो स्वास्थ्य, आर्थिक संकटको बेला सरकारले नागरिकसँगको सहकार्यमा कोरोनालाई जित्दै आर्थिक र अन्य समस्याहरुलाई समाधान गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले नेपाल सरकार राष्ट्रिय हित र नागरिकको भावनालाई केन्द्रमा राखेर अगाडि बढिरहेको बताउँदै आगामी दिनमा समेत सोही अनुसार अगाडि बढने बताएका छन् । स्वास्थ्य संकटमा परेका जनतालाइ राहत पुर्‍याउने सरकारको प्राथमिकतामा रहेको स्वास्थ्यका उपकरण थप गरिरहेको उनको भनाइ छ ।

एशियाली विकास बैंकले पनि नेपालको अर्थतन्त्रलाई राम्रो संकेत नगरेको भन्दै अर्थतन्त्रलाई चलायमान गराउन नसक्दा थप समस्या आउने भएकोले स्वास्थ्य सतर्कता अपनाउँदै अर्थतन्त्रका गतिविधि खुला गर्न खोजेको बताए । मन्त्री ज्ञवालीले आर्थिक गतिविधि गर्दा सावधानी अपनाउन आवश्यक रहेको उनले स्पष्ट पारे ।

व्यवसायलाई पूर्ववत अवस्थामा ल्याउन ब्याज, किस्ता र करमा सहुलियत दिइएको बताए । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ती गर्नेबारे सोधिएको एक प्रश्नमा मन्त्री ज्ञवालीले सकारात्मक काम गर्ने विषयमा सरकार सकारात्मक बन्ने बताए ।

ज्ञवालीले प्राधिकरणमा नियुक्तिका विषयमा सरकारले उपयुक्त निर्णय गर्ने जनाए । उनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका सन्दर्भमा आएका कतिपय कथाहरूका पछाडिको सरकारले ध्यान नदिने पनि खुलाए ।

उनले एमसीसीका विषयमा रहेका केही प्रश्नको उत्तर खोजेर एमसीसी अनुमोदन हुने बताएका हुन् । उनले स्थायी समितिमा एमसीसीमा के-के सच्याउने भन्ने एजेन्डा नउठेको दाबी गरेका छन् । उनले आवश्यक परे सच्चाएर एमसीसी अनुमोदन हुने बताए ।

पार्टी फुट्छ कि भन्ने भयले स्थिरता चाहनेहरु चिन्तामा भएको बताउँदै ज्ञवालीले अहिले पार्टी पुरानै एकताको अवस्थामा पुगेको दाबी गरे । नेपालको सम्पूर्ण भुगोललाई समेटेर नयाँ नक्सा जारी गरिएको बताउँदै मन्त्री ज्ञवालीले खोसिएको भुभाग फिर्ता लिन नयाँ नक्शा जारीपछि थप उर्जा थपिएको बताए ।

ज्ञवालीले नेपालले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता हुने विश्वास व्यक्त गरे । उनले कुटनीतिक सम्वाद र छलफलबाटै सीमा समस्याको समाधान गर्ने खुलाए । नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने भन्दै पार्दै प्रधानमन्त्रीस्तरमा भारतसँग चारपटक फोन संवाद भएको पनि खुलाए ।

प्रतिक्रिया