सुकुटे दुर्घटना : सोनाम तामाङले यसरी बचाए धेरैको ज्यान !

मनिषा थापा

पिएनपिखबर : दोलखा मागादेउरालीबाट काठमाडौं आइरहेको शैलुङ्गेश्वरी यातायातको यात्रुबाहक बस आइतबार अरनीकाे राजमार्गबाट सुनकोशी नदीमा खस्दा १७ जनाले ज्यान गुमाए    जसमा ५१ जना घाइते भए । घाइतेहरुको वीर अस्पतालको ट्रमा सेन्टर, केएमसी र धुलिखेल अस्पतालमा भईरहेको छ।

नदीमा खसेका घाइतेहरुलाई उद्दार गरेर सबै नेपालीको मन जित्न सफल बने र्याफ्टिङ्ग गाइड सोनाम तामाङ। उनको टिमले सकेको उद्दार गर्यो। पिएनपिखबरसँग कुरा गर्दै उनले भने, ‘प्रशंसा पाउने खालको काम भन्दा पनि मानवीय काम गरेको हु जुन मेरो कर्तब्य हो।’

उनी मोबाइल चलाएर बसिरहेका थिए। अचानक ठुलो आवाज आयो। त्यतिकै उनको म्यानेजरले चिचाउँदै डुंगा निकाल्न लगाए। त्यसपछि सोनाम तामाङ सहितको समुह तत्काल घटना स्थलतर्फ गए। एकछिन त उनीहर हेरेको हेरै भए।  उनीहरुको टीम प्रशासनभन्दा अघि पुगेका थिए। उनले खोलामा बगिरहेका घाइते, बसभित्र रहेका घाइते देखि शब समेत् निकाले। १५ जना व्यक्तिको उद्दार गर्न उनीहरु सफल भए।

यात्रु सबै बगाएको अनुमान गरिएकाले मृतक सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । बस सडकबाट ३५ मिटर तल खसेर सुनकोशी नदीमा पुगेको थियो । बा २ ख ७२४५ नम्बरको सो बस चौतारा साँगाचोकगढी नगरपालिका-९ पानीधारामा अनियन्त्रित भई मोडबाट दिउँसो सवा एक बजे नदीमा खसेको हो । तीब्र गति र ओभरलोडका कारण बस नियन्त्रण बाहिर गएको प्रहरीले अनुमान गरेकाे छ । भिडियोमा हेर्नुहोस र्याफ्टिङ्ग गाइड सोनाम तामाङसँग गरिएको कुराकानी :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू