सुनको मूल्य : तोलामा एक सय रुपैयाँ घट्यो

admin

काठमाडौं, १६ असार : मंगलबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

सोमबार र आइतबार तोलाको ९१ हजार तीन सय रुपैयाँ कायम रहेको सुनको मूल्य मंगलबार तोलामा एक सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारको लागि सुनको मूल्य तोलाको ९१ हजार दुई सय रुपैयाँ निर्धारण गरेको छ ।

सोमबार र आइतबार कायम भएको ९१ हजार तीन सय रुपैयाँ अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि शुक्रबार सुन तोलाको ९१ हजार एक सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदी भने सोमबार र आइतबार जस्तै तोलाको नौ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया