सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

admin

काठमाडौं, ४ फागुन : सुनको मूल्य आइतबार तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको मूल्य आइतबार ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गएको पुस २३ गते नयाँ रेकर्ड बनाउँदै सुन तोलाको साढे ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । माघ १९ र २० गते पनि सुनको मूल्य तोलाको साढे ७६ हजार रुपैयाँ पुगेको सुनको मूल्यले आइतबार पुनः पुरानै मूल्य भेटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेकाले मूल्य अझै बढ्ने सम्भावना रहेको नेपाल सुनचाँदी महासङ्घअन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताएका छन् । 

यस्तै, चाँदी पनि आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया