सुनको मूल्य : तोलामा २ हजार घट्यो

admin

काठमाडौं, ४ चैत : मंगलबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको छ । सुन मंगलबार तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा ८० रुपैयाँ घटेर सात सय १० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया