सुनचाँदीको मूल्य घट्यो, आज कतिमा कारोबार हुँदैछ ?

admin

काठमाडौं, १८ असार : सुनको मूल्य बिहीबार ७ सय रुपैयाँ घटेको छ । बुधबार तोलामा ९१ हजार ७ रुपैयाँ पुगेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।

बिहीबार फेरि घटेर ९१ हजार रुपैयाँ नै तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको आइतबार र सोमबार पनि सुनको मूल्य तोलाको ९१ हजार रुपैयाँ नै तोकिएको थियो ।

त्यसपछि मंगलबार २ सय रुपैयाँ बढेर तोलाको ९१ हजार २ सय रुपैयाँ पुगेको थियो । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अस्थिर छ ।

यस्तै चाँदीको मूल्य पनि बिहीबार तोलामा १० रुपैयाँ घटेर तोलाको ९ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । चाँदी बुधबार तोलामा १५ रुपैयाँ बढेर ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया