सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा कारोबार हुँदैछ ?

admin

काठमाडौं, २९ असार : सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । यस्तैगरी चाँदी पनि रु १० बढी तोलामा ९९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया