सुनचाँदीको मूल्य स्थिर

मनिषा थापा

साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य भने यथावत नै रहेको छ ।

बिहीबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ४ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार तेजावी सुन प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि बजारमा सुन प्रतितोला ५८ हजार १ सय रुपैयाँमै कारोबार भइरहेको छ।

त्यस्तै, बिहीबार बजारमा चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७१५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

 

प्रतिक्रिया