सुनिल बिसीको शब्द संगीतमा ”उस्लाई पाउनलाई” सार्वजनिक

पिएनपि खबर

काठमाडौं, १७ असार

गितकार तथा सङ्गितकार सुनिल बिसीको उत्कृष्ट शब्दमा नयाँ गीत सार्वजनिक भएको छ। पश्चिम क्षेत्रमा अति नै चर्चामा रहेका बिसीले नेपालको साङ्गीतिक क्षेत्रमा निकै महत्वपूर्ण योगदान पुराएका छन् ।

 

आइतबार सुनिल बिसीको आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक भएको “उसलाई पाउन” बोलको गीतमा सुनिलकै शब्द तथा संगीत रहेको छ भने चर्चित गायक प्रमोद खरेलको सुमधुर आवाज रहेको छ। गीतका एरेन्जर विशाल निरौला हुन् ।

 

प्रेम बिछोडको कथामा आधारित गीतमा सुनिलले उत्कृष्ट शब्द तथा संगीत दिने कोसिस गरेका छन् । गीतका प्रत्येक शब्दले सुन्ने जोकोहीको ध्यान केन्द्रित गर्छन् । गीतको संगीत पक्ष पनि अब्बल छ।

 

यस गीतको अडियो संगै भिडियो पनि उत्कृष्ट बनेको छ। भिडियोमा बिक्रम बुढाथोकी , नम्रता सापकोटा र राजन आले फिचर्ड छन् । बिक्रम र नम्रताले उत्कृष्ट अभिनय गरेका छन् । अजय रेग्मीले खिचेको भिडियोलाई क्रान्ति केसीले निर्देशन तथा सम्पादन गरेका हुन् ।

 

यस गित भन्दा पहिला सार्बजनिक भएका सुनिल बिसिका थुप्रै गित हिट छन ।

 

प्रतिक्रिया