सुबिसुको कार्यालयमा आगलागी हुँदा आकस्मिक सेवाको देखियो कमजोरी

मनिषा थापा

पिएनपिखबर : बुधबार मध्याह्न साढे १२ बजे बालुवाटारमा रहेको इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको ‘मुख्य सर्भर’ रहेको कार्यालयमा आगलागी भएको थियो। कार्यालयको बाहिर गेट नजिकै रहेको पेट्रोलियम पदार्थ भण्डारण कक्षमा विद्युत सर्ट भएर आगो लागेको जनाइएको छ।

आगलागीले कम्पनीका अधिकांश उपकरणहरु जलेर नष्ट भएका थिए । विद्युत सर्ट भएको काराण सुबिसुले दिँदै आएको केबल टिभी सेवा तथा इन्टरनेट सेवा बन्द भएका थिए जुन आज साँझ देखि सुचारु गर्ने खबर छ ।

आगोलागी भएको धेरै समयसम्म पनि दमकल आइपुगेको भने थिएन। आगो निभाउन पनि निकै ढिला सुस्ती भएको देखियो जसले गर्दा विपद व्यवस्थापन मै ठुलो प्रश्न चिन्न खडा हुन्छ। राजधानीको बालुवाटार जस्तो सुविधासम्पन्न ठाउँमा त छिटो छरितो आकस्मिक व्यवस्था गर्न सकिदैन भने विकट क्षेत्रमा आकस्मिक सेवाको कार्य कस्तो होला ? आकस्मिक सेवा मै यस्तो लापर्वाही आखिर कहिलेसम्म ?

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू