सुवास नेम्वाङको व्यंग्य : प्रचण्डजीको दाबी संसदीय दलको नेता हो क्यारे, अब भइहाल्नुभो नि !

admin

काठमाडौं, २३ फागुन : नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सर्वोच्च अदालतको फैसलाले ‘प्रचण्डजी माओवादीकेन्द्रको संसदीय दलको नेता’ भएको भन्दै व्यंग्य गरेका छन् । सर्वोच्च अदालतको फैसलालगत्तै संक्षिप्त प्रतिक्रिया जनाउँदै नेम्वाङले व्यंग्य गरे, ‘प्रचण्डजीको दाबी संसदीय दलको नेता हो क्यारे ! अब भइहाल्नुभो नि, उहाँको पार्टीको संसदीय दलको नेता।’

नेम्वाङले साविक एमाले र माओवादी केन्द्रबीचको एकता नै उक्त फैसलाले खारेज गरेकोतर्फ संकेत गरे । ‘नेकपा नै अर्कैको पार्टी भएपछि एमाले र माओवादी पार्टीको एकता नै अवैधानिक हुन्छ’, उनले भने, ‘यसले निर्वाचन आयोगको फैसला पनि खारेज गर्‍यो । प्रचण्ड उहाँको दाबी अनुसार नै स्वतः माओवादी संसदीय दलको नेता हुनुभो ।’

प्रतिक्रिया