सूर्यबिनायक नगरपालिका ९ मा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न

admin

भक्तपुर, कात्तिक ६ : नेकपा (एमाले) भक्तपुरको सूर्यबिनायक नगरपालिका ९ को वडा अधिवेशन सम्पन्न भएको छ ।

आजबाट देशैभर सुरु भएको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सूर्यबिनायक नगरपालिका ९ को वडा अधिवेशन सम्पन्न भएको हो ।

नेकपा (एमाले) सुर्यबिनायक नगरपालिका ९ का कार्यसमिति अध्यक्ष ज्ञानेन्द्र खत्रीको अध्यक्षतामा भएको वडा अधिवेशनबाट ज्ञानेन्द्र खत्रीकै नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरी सम्पन्न भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र महत, सचिवमा हेरामान सुकुमाह, तथ उपसचिवमा सुजन के.सी र सुमित्रा खत्री रहेका छन्।

यस्तै, सदस्यहरुमा राम कल्याण राना मगर,हरीशरण आले मगर,प्रमिला श्रेष्ठ लुईँटेल,भाइकाजी ब्याञ्जु,विकास ब्याञ्जु,सुरेन्द्र विक्रम सुवाल,कृष्ण प्यारी सुवाल लगायत रहेका छन्।

प्रतिक्रिया