सोमबारदेखि सार्वजनिक सवारी एउटा जिल्ला काटेर अर्कोमा जान नपाउने

admin

काठमाडौं, ९ चैत : सरकारले सोमबारदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाएको छ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनका लागि यस्तो रोक लगाइएको जानकारी दिएका हुन्। प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गरेअनुसार लामो दूरीका सवारी चलाउन पाउने आज (आइतबार) अन्तिम दिन हो।

आमनागरिकमा लामो दूरी भनेको कति हो भन्ने जिज्ञासा छ। यही जिज्ञासाको आधारमा यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार कानुनतहमा २ सय ५० किलोमिटरभन्दा धेरैलाई लामो दूरी भनिने भए पनि हालको परिस्थतिमा त्यसलाई आधार मान्न नमिल्ने बताएका छन्।

हमालले ‘रोगको संक्रमण नफैलियोस् भनेर लामो दूरीको सञ्चालनमा रोक लगाइएको, एउटै गाडीमा धेरै जना लामो समय यात्रा गर्दा पनि संक्रमण एउटा व्यक्तिबाट अर्कोमा सर्न सक्ने बताएका छन्।

निजी सवारी साधनको हकमा भने हालसम्म कुनै निणर्य नभएको उनले जानकारी दिए। ‘हालसम्म निजी सवारी साधनको रोक लगाउने निणर्य नभएको बताएका छन् । केही नयाँ निणर्य भयो भने सूचना निकाल्ने उनले बताए ।

हालको परिस्थितिमा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रने सार्वजनिक यातायातमा भने रोक लगाइने उनले बताए। ‘त्यस्तै उपत्यका बाहिरको हकमा जिल्लाभरि सार्वजनिक यातायात चल्न पाइयो तर जिल्लाको नाका कटेर जान नपाउने बताए ।

प्रतिक्रिया