स्कुल बस निर्देशिका सबै उल्लंघन

admin

काठमाडौं, भदौ १ : विद्यार्थी ओसारपसारका लागि सञ्चालनमा ल्याइएका सवारीसाधनकोे सेवालाई सुरक्षित, आरामदायी र भरपर्दो बनाउने उद्देश्यले ल्याइएको स्कुल बस निर्देशिकाको धज्जी उडाइएको छ । राजधानी दैनिकले समाचार छापेकाे छ ।सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १५३ मा भएको प्रावधानलाई टेकेर ल्याइएको निर्देशिकाको शिक्षण संस्थाले पालना गरेका छैनन् भने सरकारले समेत अनुगमन गर्ने गरेको छैन ।

शिक्षण संस्थाले नियोजित रूपमा पालना नगर्नु र सरकारी पक्षले अनुगमन नगर्नाले निर्देशका कागजमा लेखिएको अक्षरभन्दा फरक देखिएको छैन ।निर्देशिकामा स्कुल बसको मापदण्ड, स्कुल बस परिचालक, सिट संख्या, बसको क्षमता, बसको गतिलगायतको नियम बनाइएको छ । ती सबै नियमको पालना भने सम्बन्धित पक्षले गरेका छैनन् ।

पालना गरे/नगरेकोबारे अनुगमन पनि शून्य जस्तै छ भने सरकारी पक्षले नियमको उल्लंघन भएको थाहा पाउँदा पाउँदै पनि अनुगमन तथा कारबाही नगरी मनोमानी गर्न छुट दिइरहेका छन् ।ट्राफिक प्रहरी रविकुमार पौडेल निर्देशिका कार्यान्वयन आएको र चेक जाँच कडाइ गरिएको तर हाल धेरै सुधार भएकाले सामान्य चेक जाँच भइरहेको बताउँछन् ।

तर, अधिकांश शिक्षण संस्थाले भने निर्देशिका उल्लंघन गरिररहेको पाइएको छ । निर्देशिकाको बुँदा नम्बर १ को ‘क’ मा नै स्कुल बसको बाहिरको रंग पहेंलो हुनुपर्ने उल्लेख छ । यहाँका कतिपय शिक्षण संस्थाले सार्वजनिक बस तथा माइक्रोलाई स्कुल बसका रूपमा प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया