स्याङ्जा हरिनास ईकाई दोहा कतारले गाउँपालिकाको विपद कोषमा एकलाख रुपैया सहयोग गर्ने

खगेन्द्र हमाल

स्याङ्जा : स्याङ्जा सहयोग समाज हरिनास इकाई ले बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड१९)को माहामारी ले गर्दा देश नै समस्यामा परेको बेला हरिनास इकाई दोहा कतार बाट हरिनास गाउँपालिकाको बिपत ब्याबस्थापन कोषमा रु १०००००(एक लाख ) रुपैया काे तर्फबाट स्याङ्जा सहयाेग समाज अन्तर्राष्ट्रिय समन्वय समितिकाे लागि नेपाली रु १११११/-(एघार हजार एकसय एघार) र हरिनास गाउपालिका राहात काेषमा नेपालि रु१०००००/- एक लाख रुपैया सहयाेग गर्ने निर्णय गरिएकाे छ।उक्त रकम स्याङ्जा सहयाेग समाज हरिनास गाउपालिका ईकाईका अध्यक्ष श्री हुत बहादुर क्षेत्री ज्युबाट हस्तान्तरण गरिने गाउपालिका अध्यक्ष कान्छाले बताउनुभयो।

गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरले सरकारले जारी गरेको लकडाउनको समय अवधिभर हरिनास गाउपालिकाका नागरिकहरुले खाना नपाएर भोकै बस्नु पर्ने अवस्था नहोस भनेर विभिन्न संघसस्था समाजसेवी,व्यवसायी बर्गहरुलाई यस महामारीको अवस्थामा सहयोग गर्न अपिल गर्नुभयो।लकडाउनलाई पुर्ण रुपमा पालन गर्न आम हरिनास बासिहरुलाई अनुरोध गर्दै गर्नुभयो ।

प्रतिक्रिया