हत्यारा भनिएका माखिमबारे बुबाआमाले गरे यस्तो खुलासा, नसाको औषधी सेवन गर्थे (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा ६ गते ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको प्रारम्भिक अनुसन्धानबाट मृतक परिवारका कान्छा ज्वाई मानबहादुर माखिमको रहेको निष्कर्षमा प्रहरी पुगेको छ । तर मृतकका आफन्त र स्थनीयले भने यस घटनामा अरुको पनि संलग्न हुनसक्ने आशंका गरिरहेका छन्।

आरोपीका आमा बुबाका अनुसार माखिमले केहि बर्षयता नसा सम्बन्धि औषधि प्रयोग गर्ने गरेको खुलासा गरेका छन्। बुहारी बिबाह भएको समय देखि नै घरमा खासै नबसेको र सुत्केरीको समयमा मात्र केहि दिन बसेका कारण आफुलाई छोरा बुहारीको सम्बन्धबारे थाहा नभएको उहाहरुले बताए। मानबहादुर घटना घटेको दिन बिराटनगर औषधि लिन जान्छु भन्दै निस्केका थिए। भोलि पल्ट आत्महत्या र हत्याको खबर सुन्दा आफुहरुलाई विश्वास गर्न मुस्किल परेको उहाहरुले बताए।

छोरा खासै अरुसंग घुलमिल नहुने र परिवारमा पनि आफ्नो समस्याबारे खुलेर नबताएका कारण घटना सम्बन्धि आफुलाई केहि थाहा नभएको माखिमका परिवार बताए।

जेठ ६ गते सोमबार राति बमबहादुर फियाकसहित उनकी पत्नी फुर्चीमाया फियाक, माइली छोरी जस्मिता फियाक (शेर्मा), कान्छी छोरी मनकुमारी फियाक, नातिनी आसिका खजुम, माइँला ज्वाइँ धनराज शेर्मा, धनराजका छोरी युहाना, मुना शेर्मा र धनराजकै भतिजी इक्सा शेर्माको हत्या भएको थियो।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू