हनुमन्ते नदी सफाइ अभियानमा दुई टन फोहर सङ्कलन

राष्ट्रिय समाचार समिति

मध्यपुरथिमि, १४ मङ्सिर :हनुमन्ते नदी सरसफाइ अभियानको आज ९२ औँ हप्ता भक्तपुरको लोकन्थलीको राममन्दिर क्षेत्र र आसपास तथा हनुमन्ते नदीमा सरसफाइ गरिएको छ । पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसीको नेतृत्वमा आज भएको सफाइमा दुई टन फोहर सङ्कलन भएको हनुमन्ते सफाइ अभियानका अभियन्ता रुद्र पौडेलले जानकारी दिनुभयो ।

अभियानमा विभिन्न सामाजिक सङ्घसंस्था एवं अभियन्ताको सहभागिता रहेको थियो । आज भक्तपुरमा उपनिर्वाचन भएकाले धेरै अभियन्ता उपनिर्वाचनमा व्यस्त भएको र उपनिर्वाचन क्षेत्रबाट आउने सफाइ अभियन्ता आउन नपाएको र अभियानमा नियमित सहभागी हुने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि उपनिर्वाचनमा खटिएकाले सफाइमा सहभागी हुन नसक्दा लक्ष्य भन्दा कम फोहर सङ्कलन भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया