हराएका भनिएका आर्यन तामांग सम्पर्कमा

admin

काठमाडौँ, असार १०: अपहरणमा परेको भनेर सामाजिक संजालमा भाइरल भएका आर्यन तामाङ्ग पिएनपिखबरडटकमको सम्पर्कमा आएका छन । आज(मंगलबार) बिहान सम्पर्क गरेर उनले केहि व्यक्तिहरुले आफुलाई उठाएर लगेको र भागेर आएको समेत बताएका छन।

सबै प्रमाणहरु मेटाउन आफुलाई कसैले उठाएर लगिएको भनि हामीसँग कुरा गर्दै ‘अपहरणकारीले मोबाइल समेत जफत गरेको’ र घरपरिवार सबै खोजि मारिदिने धम्कि समेत दिएको खुलाएका छन । उनले केहि मिडियाकर्मी बोलाएर सत्य तथ्य राख्न समेत अनुरोध गरेका छन।

कसले अपहरण गर्यो भन्ने प्रश्नमा उनले केहि पनि खुलाउन चाहेका छैनन् र केहि बेरमा नै कल काटीदिएका छन । पछि पटकपटक उनले कल गरेको नम्बरमा कल गर्दा सम्पर्क हुन सकेको छैन । गत शनिवार न्युज २४ को कार्यक्रम सिधा कुरा जनतासँगमा आर्यनले फिरौती मागेको साथै ज्यान मार्ने धम्कि समेत दिएको भन्दै रिपोर्ट प्रस्तुत भएको थियो। सोहि दिनमा साझ ५ बजे नै आर्यन तामांग बहिनीसंग बसेको स्थान सुन्दरीजलबाट बेपत्ता भएका थिए ।

महानगरीय प्रहरी प्रभाग बौद्धमा आर्यनको बहिनी लगायत केहि महिला अधिकारकर्मीले उनी हराएको निवेदन पेश गरिसकेका छन। बौद्ध प्रहरीसँग समन्वय गरि उनको कल रेकर्ड हेर्दा सोहि दिन ७ बजेसम्म फोन सुचारु भएको देखिन्छ ७ बजेपछि भने अहिलेसम्म उनको फोन स्विच अफ नै छ। अन्तिम लोकेसन भने कल रेकर्डमा काठमाडौँको सिनामंगल देखाएको प्रहरीले जानकारी दिएको छ।

सामाजिक संजालमा भने आर्यन तामांग हराएको, बेपत्ता पारिएको, अपहरणमा परेको जस्ता हल्ला फ़िजिएको छ। नेपालको लागि नेपाली अभियानको एक नागरिक आन्दोलनको कार्यक्रममा रवि लामिछाने र ऋषि धमाला बिरुद्ध बोलेपछि आर्यन तामांगको बिषयमा सबैको ध्यान केन्द्रित भएको थियो।

प्रतिक्रिया