हिजोसम्म स्थिर सुनको मूल्य घट्यो, आज कतिमा कारोबार हुँदैछ ?

admin

काठमाडौं, २२ असार : सोमबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आइतबार स्थिर थियो ।

सोमबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेर ९० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै सोमबार तेजावी सुन प्रतितोला ८९ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया