हिजो घटेको सुनचाँदी मूल्य आज कति पुग्यो ?

शर्मिला गुरुङ

काठमाडौं, १६ जेठ  : आज साताको पाँचौ दिन अर्थात बिहीबार सुनको भाउ स्थिर रहेको छ। हिजो प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ। आज तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यसैगरी आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया