होन्डाको नाममा म्यासेन्जरमा ‘स्पाम’ आतंक

admin

काठमाडौं, ७ साउन : सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमा यतिबेला जापानी कार तथा मोटरसाइकल निर्माता होन्डाको ७० औं वार्सिकोत्सवको शुभकामनासहितको म्यासेज लिङ्क आइरहेको छ ।

त्यस्ता म्यासेज आएमा उक्त लिंक नखोल्न जानकारहरुले आग्रह गरेका छन् । यस्ता म्यासेजहरु हामीले सोचेजस्तो एकछिन झुक्याउन वा दुःख दिन मात्रै पठाएको नभई दूरगामी प्रयोजनका लागि पठाइएका विज्ञहरुको भनाई छ । ।

यस्ता म्यासेजले तत्कालै हानी नपुर्‍याउँने तर लिङ्कमा प्रवेश गरेपछि स्पामरहरू तपाईंसँग सम्बन्धित सूचनामा पहुँच राख्न सक्छन् । कतिपय अवस्थामा फेसबुक लगायत सामाजिक सञ्जालमा अनधिकृत पहुँचको माध्यम पनि बन्न सक्ने र फेसबुक ह्याक हुन सक्ने बताइएको छ ।

त्यसो त म्यासेजमा उल्लेख गरिएजस्तो होन्डाको ७० औं वार्षिकोत्सव अहिले होइन । सन् २०१८ सेप्टेम्बर २४ मै होन्डा स्थापनाको ७० वर्ष पूरा भैसकेको छ

प्रतिक्रिया