ह्वात्तै घट्यो सुनको भाउ

मनिषा थापा

काठमाडौं : आज पनि सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । सुन आज तोलाको ६२ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो पनि तोलामा २ सय रुपैयाँ घटेर सुन तोलाको ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने आज घटबढ भएको छैन । यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया