१ बर्ष बित्दा पनि निर्मलाले न्याय पाइनन् गृहमन्त्रीले कुर्सी छोड्नुपर्छ : सांसद डिला संग्रौला

मनिषा थापा

पिएनपिखबर : कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिकानिर्मला पन्तको बलात्कारपछि हत्या भएको आज साउन १० गते १ वर्ष पुगेको छ। एक वर्ष पुरा हुँदा पनि हत्याराको अझै पत्ता लाग्न सकेको छैन। उनको न्यायका लागि भीमदत्त बासी देखि राजधानीसम्म धेरै प्रदशन भयो तर पनि हत्यारा विरुद्ध काम कारबाही भएको छैन।

निर्मला पन्तको न्यायलाई लिएर आवाज उठाईरहने नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएकी छिन। एकवर्ष वित्तीसक्दा पनि एउटा हत्यारा पत्ता लगाउन नसक्ने गृहमन्त्रीले कुर्शी छाड्नुपर्ने उनको भनाई छ।

उनले गत मंगलबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्रीले दिएको अभिव्यक्तिको घोर भर्सना गरेकी छिन्। उक्त समेलनमा गृहमन्त्रीले निर्मला पन्तको बलात्कार र हत्या जघन्य अपराध भएपनि उक्त घटना नौलो नभएको बताएका थिए। सांसद सङ्ग्रौलाको यस्तो अभिव्यक्तिले अपराधीलाई प्रशय दिएको र न्याय नमिल्ने संकेत दिएको बताईन।

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया